“Travel far enough, you meet yourself.” – David Mitchell.

Wednesday, October 15, 2014

On 1:49 PM by madan
पोखरा-हिमपहिरोमा परेर मुस्ताङमा तीन विदेशी पर्यटकसहित चारजनाको ज्यान गएको छ। ज्यान जानेमा एक नेपाली, एक इजरायली र दुईजना पोल्याण्डका पर्यटक छन्। हिमपहिरोमा परि १४ जना विदेशी घाइते भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण फेरोको थोराङपास (५४१६ मिटर) पार गरेर मुक्तिनाथतर्फ झर्ने क्रममा करिब ५ हजार मिटरको उचाइमा उनीहरु हिमपातमा परेका थिए। मृत्यु हुनेको नाम खुलेको छैन।

भण्डारीका अनुसार हिमपातमा परेर इजरायलका ४, पोल्याण्डका ५ र जर्मनका ५ जना पर्यटक घाइते भएका छन्। अन्नपूर्ण फेरोको मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथतर्फ निस्कदै गर्दा उनीहरु बेलुकी साढे ५ बजे दमक्याम्प' भन्ने ठाउँमा पुगेका थिए। दमक्याम्प पुग्न मुक्तिनाथ मन्दिरबाट करिब चारघण्टा पैदल हिड्नुपर्छ। दमक्याम्प पुग्नासाथ उनीहरु हिमपातको चपेटामा परेका थिए।

हावाहुरी सहितको हिमपातले उनीहरु कठांग्रिएका थिए। हामीलाई खबर आएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो। नेपाली सेना उद्धारका लागि गएको छ' प्रजिअ भण्डारीले टेलिफोनमा नागरिकसँग भने, ‘सुरक्षाकर्मी मध्यरातमा मात्र घटनास्थलमा पुगेका छन्।' सेनाको टोलीले अप्ठेरोमा परेका पर्यटकको प्राथमिक उपचार गरिरहेको उनले जानकारी दिए। बाक्लो हिउँ परेकोले भनेको बेला पुग्न सकिँदैन।
घाइतेहरुलाई सेनाले घटनास्थलमै राखेर उपचार गरिरहेको छ। मृत्यु भएका र घाइतेलाई जोमसोम झार्ने प्रयास भइरहेको छ' उनले भने, ‘पाँचफिट उचाइसम्म हिउँ परेकोले समयमा उद्धार गर्न नसकिएको हो। शारिरिक रुपमा कमजोर भएकाले पनि उनीहरुलाई राती तल झार्न सकिएन।

Source : http://www.nagariknews.com/breaking-news/story/26255